Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नेकपा (एस) बागमती प्रदेशसभा संसदीय दलको नेतामा पाण्डे चयन

नेकपा (एस) बागमती प्रदेशसभा संसदीय दलको नेतामा पाण्डे चयन


  • 4.2K
    Shares

    नेकपा (एस) बागमती प्रदेशसभा संसदीय दलको नेतामा पाण्डे चयन
    images

    नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको वाग्मती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् ।

    ज्येष्ठ सदस्य सांसद माधव पौडेलको अध्यक्षतामा आइतबार बसेको नेकपा (एस)को पहिलो संसदीय दलको बैठकले पाण्डेलाई दलको नेताको रुपमा चयन गरेको हो ।

    प्रदेशसभा सचिवालयमा एमालेको विभाजन भएर गठन भएको नेकपा (एस)मा सनाखत गरेका १३ सांसदहरुलाई मान्यता दिँदै नामावलीसहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएसँगै दलको चयन गरिएको हो ।

    बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता पाण्डेले जानकारी दिए । नेकपा ९एस० ले प्रदेशसभा सचिवालयभित्रै संसदीय दलको कार्यालयसमेत स्थापना गरेको छ ।

    नेकपा ९एस० आधिकारीक रुपमा प्रदेशसभा दर्ता भएसँगै वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । वाग्मतीमा नेकपा ९एस० १३ सांसदसहित चौथो दल भएको छ ।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १६:४९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij