२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का ३०९ संक्रमित थपिएका छन् । काठमाडौंमा १८७, भक्तपुरमा ६६ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन् । हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ४०६ छ ।
अहिले देशभर २५ हजार १७१ जना होम आइसोलेसनमा, एक हजार ५८६ जना संस्थागत आइसोलेसनमा, ४५४ जना आईसीयू तथा १४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij