Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

कोभिड १९ : थप ९११ जनामा देखियो कोरोना संक्रमण, १४२३ संक्रमण मुक्त, १३ जनाको मृत्यु

कोभिड १९ : थप ९११ जनामा देखियो कोरोना संक्रमण, १४२३ संक्रमण मुक्त, १३ जनाको मृत्यु


  • 4.5K
    Shares

    कोभिड १९ : थप ९११ जनामा देखियो कोरोना संक्रमण, १४२३ संक्रमण मुक्त, १३ जनाको मृत्यु
    images

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोभिड १९ परीक्षण गर्दा ९११ जना संक्रमित पहिचान भएका छन्। शनिवारपनि दैनिक संक्रमितको संख्या एक हजार कम रेकर्ड भएको थियो।

    यस्तै, १ हजार ४२३ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ७५७ पुगेको छ। संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण १० हजार ९४९ जनाको मृत्यु भइसकेको छ।

    पछिल्लो २४ घण्टामा थप १० हजार ४४९ जनाले कोरोनाविरुद्ध खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म ५७ लाख ७३ हजारभन्दा बढीले खोपको पहिलो मात्रा र ५१ लाख ६६ हजार बढीले पूर्ण खोप लगाइसकेका छन्।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १६:२६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij