Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको आज ९७ औं जन्मजयन्ती मनाईंदै

स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको आज ९७ औं जन्मजयन्ती मनाईंदै


  • 8.1K
    Shares

    स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको आज ९७ औं जन्मजयन्ती मनाईंदै

    काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज ९७ औं जन्मजयन्ती मनाईँदैछ । उनको सम्झनामा काँग्रेसले सधैं पुष ८  गतेलाई विशेष दिनका रुपमा मनाउँदै आएको  छ ।

    ललितपुरको बाँडेगाउँमा रहेको किसुनजी आश्रममा विगतका वर्षमा उनको जन्मजयन्तीमा विशेष कार्यक्रम हुने गरेको थियो ।

    यो वर्ष विशेष कार्यक्रम नभए पनि आश्रममा बस्दै आएकी अमिता कपालीसहित सन्त नेता भट्टराईका शुभचिन्तकहरुले त्यहाँ रहेको प्रतिमामा माल्यार्पण तथा दीप प्रज्ज्वलन गरेका छन् ।

    नेपाली राजनीतिमा निष्ठा, त्याग र सत्यवादिताका पर्याय मानिने नेता भट्टराईको १० वष पहिले अर्थात २०६७ फागुन २० गते निधन भएको थियो । उनी २०४७ र २०५६ गरि दुई पटक नेपालको प्रधानमन्त्री भएका थिए । 



     

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - १२:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij