Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

१४ औं कांग्रेस महाधिवेशन : १६५ निर्वाचन क्षेत्रबाट ४१२५ प्रतिनिधि चयन हुने (सूचीसहित)

१४ औं कांग्रेस महाधिवेशन : १६५ निर्वाचन क्षेत्रबाट ४१२५ प्रतिनिधि चयन हुने (सूचीसहित)


  • 5.6K
    Shares

    १४ औं कांग्रेस महाधिवेशन : १६५ निर्वाचन क्षेत्रबाट ४१२५ प्रतिनिधि चयन हुने (सूचीसहित)
    images

    काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देशका १६५ निर्वाचन क्षेत्रबाट ४१२५ जना प्रतिनिधिले भाग लिनेछन् । आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशनमा समानुपातिक समावेशी समूहबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुबारेसमेत टुंगो लागेको छ ।

    कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालका अनुसार कुल प्रतिनिधिमध्ये ६० प्रतिशत खुल्ला प्रस्प्रिर्धाबाट चयन हुनेछन् भने ४० प्रतिशत समानुपातिक समावेशी कोटाबाट चयन हुनेछन् । खुला प्रतिस्पर्धाबाट २४७५ जना र समानुपातिक कोटाबाट १६५० जना प्रतिनिधि चयन हुनेछन् ।

    समानुपातिक कोटाको पनि प्रतिशत टुंगो लगाइएको छ । डा. रिजालका अनुसार आदिवासीबाट ४९८ (३०.२ प्रतिशत) जना, मधेहीबाट २२७ (१३.८ प्रतिशत) , दलितबाट २३२ (१४.१ प्रतिशत), थारुबाट ९४ (५.७ प्रतिशत), मुस्लिमबाट ७२ (४.४ प्रतिशत) र खश आर्यबाट ५२७ (३१.९ प्रतिशत) जना प्रतिनिधि चयन हुनेछन् ।

    यस्तै १३०४ जना (३१.६ प्रतिशत) महिलाले महाधिवेशनमा भाग लिने छ । खुल्ला महिलाबाट ६६० र समानुपातिक कोटाबाट ६४४ जना महिला प्रतिनिधि चयन हुनेछन् ।

    महाधिवेशनमा विदेशस्थित जनसम्पर्क समिति तथा भातृ संस्थाबाटसमेत महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले त्यो संख्याबारे भने टुंगो लागेको छैन ।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १५:१८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij