२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमाथि सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासमा १२ मध्ये तीन वटा रिटमाथि सुनुवाइ सुरु भएको सर्वोच्चले जनाएको छ।
कन्चन न्यौपाने, अमृत खरेल र अधिवक्ता लोकेन्द्र ओली लगायतले दर्ता गरेका छुट्टा छुट्टै रिटमाथि सुनुवाइ सुरु भएको हो । अन्य ८ अधिवक्ताले पनि छुट्टै रिट दायर गरेका छन् भने नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतले रिट दर्ता गरेका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरु राणाले आफ्नै एकल इजलासमा राखेका हु । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा भंग गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए ।
ओलीको सिफारिस सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन्। संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा एक दर्जन रिट दर्ता भएका छन् । संसद् विघटन विरुद्ध ५ पुसमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
त्यसैगरी नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाक्रीले पनि मंगलबार संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । सबै रिटमा संसद् विघटन असंवैधानिक भएको भन्दै खारेज गर्न माग गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij