Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

हालसम्म नेपालमा कतिले लगाए कोरोनाविरुद्धको खोप

हालसम्म नेपालमा कतिले लगाए कोरोनाविरुद्धको खोप


  • 4.8K
    Shares

    हालसम्म नेपालमा कतिले लगाए कोरोनाविरुद्धको खोप
    images

    काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाविरुद्धको खोप ६८ हजार ६ सय ३० जनाले लगाएका छन् ।

    स्वास्थ्य मन्त्रालयको अनुसार जापानमा तयार भएको एष्ट्रेजेनिका खोपको पहिलो मात्रा हालसम्म २३ लाख ६० हजार ८ सय ४७ जनाले लगाएका छन् भने दोस्रो खोपको मात्रा १३ लाख ७८ हजार ९ सय १५ जनाले लगाएका छन् । शनिबार मात्र ४८ हजार बढीले खोप लगाएका छन् ।

    त्यस्तै, चीनमा तयार भएको भेरोसेल खोपको पहिलो मात्रा नेपालमा ३४ लाख ८ हजार ८१ जनाले लगाएका छन् भने खोपको दोस्रो मात्रा लगाउनेको संख्या २३ लाख ९९ हजार ३ सय ९० रहेको छ । शनिबार मात्र ५४ हजार बढीले भेरोसेल खोप लगाएका छन् ।

    मन्त्रालयको अनुसार कोरोनाविरुद्धको जोन्सन् एण्ड जोन्सन् खोप हालसम्म १३ लाख ८२ हजार २ सय १९ जनाले लगाएका छन्।

    मन्त्रालयको अनुसार १ सय २२ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको छ भने ४ सय ५६ जनाको सघन उपचार कक्ष (आइसीयु)मा उपचार भैरहेको छ ।

    नेपालमा हालसम्म ९५ दशमलव ७ प्रतिशत संक्रमित निको भएका छनु भने ३ दशमलव ५२ प्रतिशत संक्रिय संक्रमितको संख्या र १ दशमलव ४१ प्रतिशत मृत्यु हुनेको संख्या रहेको छ । कुल संक्रमित मध्ये ४० दशमलव ४८ प्रतिशत महिला र ५९ दशमलव ५२ प्रतिशत पुरुष रहेका छन् ।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १३:२३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij