Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दाहाल-नेपाल समुहको संसदीय दलको बैठक आज, प्रचण्ड संसदीय दलको नेता बन्दै

दाहाल-नेपाल समुहको संसदीय दलको बैठक आज, प्रचण्ड संसदीय दलको नेता बन्दै


  • 7.1K
    Shares

    दाहाल-नेपाल समुहको संसदीय दलको बैठक आज, प्रचण्ड संसदीय दलको नेता बन्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको छ ।

    दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकले दलको नेता चयन गर्नेछ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।

    मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो । नेता देव गुरुगका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।

    यसअघि मंगलबारै बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।

    गत आइतबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेलगत्तै राष्ट्पति विद्यादेवी भण्डारीले उक्त सिफारिस अनुमोदन गरेकी थिइन् । प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै अधिकांश दल विरोधमा छन् । 

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - ११:५३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij