Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

रहेनन् कांग्रेस नेता मानबहादुर महतो

रहेनन् कांग्रेस नेता मानबहादुर महतो


  • 6.3K
    Shares

    रहेनन् कांग्रेस नेता मानबहादुर महतो
    images

    कैलाली । नेपाली कांग्रेस कैलालीका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ ।

    कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

    रक्तचापका कारण अचानक छाती दुखेपछि उनलाई उपचारका लागि सो मेडिकल कलेज पुर्याइएको थियो ।

    पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका उनी कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेताका रुपमा परिचित थिए। कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उनको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताए ।

    उनका श्रीमती तीन छोरा र तीन छोरी रहेका छन् । स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १२:१४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij