Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

एमसीसी संसदमा टेबल हुँदै, को-को भए सहमत ?

एमसीसी संसदमा टेबल हुँदै, को-को भए सहमत ?


  • 6.4K
    Shares

    एमसीसी संसदमा टेबल हुँदै, को-को भए सहमत ?
    images

    काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी पारित हुने बताएका छन् । एमसीसीको बिषयमा लिएर जतिपनि आलोचना भइरहेको कुराहरुको सबै गलत र असत्य कुराहरु आलोचना भईरहेको बताएका छन् ।

    एमसीसीले नेपालको राष्ट्रियतामा कुनै प्रकारको बाधा सिर्जना नगर्ने र राष्ट्रको आर्थिक बिकास गर्नको लागि आउन लागेको बताएका छन् ।

    अमेरिका मार्फत प्राप्त हुने सहयोगले नेपालको गरिबि निवारण गर्नको लागि, समाजिक बिकासको लागि, जनसक्ति बिकासको लागि, रोजगारिको अबसरहरु बढाउने उदेश्यले पारित हुन लागेको बताएका छन् । यसमा कुनैपनि राजनीतिक सम्बन्ध नभएको बताएका छन् ।

    एमसीसी देश र जनताको भलाईको लागि नै आउन लागेको हो । अमेरिकाको यो सहयोगमा कुनै पनि स्वार्थ लुकेको छैन । उनले भनेका छन् । कतिपय मानिसहरुले बुझ्दै नबुझी भ्रममा परि अमेरीकासँग सम्बन्ध बढ्यो भने चिन रिसाउछ कि भन्ने आशकाको कारण बिरोध गरिरहेका छन् ।

    एमसीसी पारित भए पस्चात अमेरीकी नियम कानुन लागु हुने, सैनिक गठबन्धन अन्तर्गत चल्ने भन्ने कुरा बिल्कुलै सतप्रतिसत झुट भएको बताएका छन् ।

    यो सबै अमेरिकालाई बदनाम गर्न र अमेरीकाको बिरोधमा जनतालाई उठाउनको लागि झुटको खेती गरिरहेको उनले बताएका छन् ।

     

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - ११:३४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij