२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठ दिउँसो एक बजे बस्दैछ । आइतबारको बैठकमा २३ वटा अध्यादेश पेश हुँदैछन्। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ निर्णयार्थ प्रस्तुत गर्ने छन् ।
यस्तै उनले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची छ । सांसद प्रेम सुवालले शपथ सम्वन्धि अध्यादेश २०७८ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन् ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश २०७८ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केहि ऐन संसोधन गर्ने अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ । तर, नेकपा एमालेले भने संसद बैठक सञ्चालनमा अवरोध जनाउने जनाएको छ।
सभामुख अग्नी प्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै बैठक सञ्चालनमा अवरोध गर्ने बताएको छ । सभामुख सापकोटाले भने आफूले जवाफ दिइसकेको बताएका छन् ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij