२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । पछिल्लो २४ घन्टामा एक हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९१६ नमूना परीक्षणमध्ये ९६१ पीसीआर र १८५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा हालसम्म ८ लाख ६१ हजार ९५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ९२४ पुगेको छ ।
मन्त्रालयका अनुसार थप एक हजार ६६० जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ । हाल मुलुकभर २७ हजार ९५८ सक्रिय संक्रमित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij