Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

अर्थमन्त्रीको फोनले सेयरको मूल्य बढ्छ भन्दै प्रेम सुवालले दिए यस्तो झड्का, के रहेछ भित्रि रहस्य ?

अर्थमन्त्रीको फोनले सेयरको मूल्य बढ्छ भन्दै प्रेम सुवालले दिए यस्तो झड्का, के रहेछ भित्रि रहस्य ?


  • 5.0K
    Shares

    अर्थमन्त्रीको फोनले सेयरको मूल्य बढ्छ  भन्दै  प्रेम सुवालले दिए यस्तो झड्का, के रहेछ भित्रि रहस्य ?
    images

    काठमाडौं । नोपल मजदुर किशान पार्टीका सांसद प्रेम सुवालले सेयर बजार घटेको भन्दै अर्थमन्त्री जनार्दन शमाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेको विषय संसदमा उठाएका छन् । 

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले पहिले अर्थमन्त्रीले नै  सेयर बजारमा लाखौंको संख्यामा लगानीकर्ता रहेको भए पनि १०० जनाले मात्रै फाइदा लिएको बताए तर केही दिनमा नै सेयर बजार घटेको भन्दै गभर्नरलाई फोन गरेर सेयर बजार बढाउने खालको निर्देशन दिएको भन्दै आर्थिक घोटाला भएको बताए ।  

    “अर्थमन्त्रीको फोनले सेयरको मूल्य बढ्छ, कसको स्वार्थका लागि अर्थमन्त्रीले गभर्नरलाई फोन गर्नुभयो ?,” उनले भने, “दैनिक सिटामोल खान नपाएका नागरिकले किनेको सेयरको मूल्य बढाएको हो, यो आर्थिक घोटाला भएको विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्छ,” सांसद सुवालले भने ।

    सांसद सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शमाले सेयर बजार घटाउने र बढाउने विषयमा गभर्नरसँग कुनै कुरा नभएको बताए । उनले धितोपत्र बोर्डको अध्यक्षमाथि छानविन गर्न विशेष अदालतका पूर्वन्यायाधीशको नेतृत्त्वमा जाँचबुझ समिति गठन गरेको बताए ।  

    प्रकाशित मिति :भाद्र २५ २०७८ शुक्रवार - १४:५९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij