Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

एमाले सांसदको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

एमाले सांसदको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित


  • 3.6K
    Shares

    एमाले सांसदको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
    images

    काठमाण्डौ । प्रमुख विपक्षी दल नेकपा एमालेले आजको संसद् बैठक सुरु हुनासाथ अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ गरेलगत्तै एमाले सांसदहरूले बेल घेराउ गरेका हुन् ।

    सरकारले आजको संसद् बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ । अस्ति बुधवार नै बजेट अध्यादेश संसदमा पेस गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन । अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।

    यसअघिको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरू हटाएर न्यूनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरूको भनाइ छ ।

    प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी भएपछि चालु बजेटको निकासा रोकिएको छ । प्रतिस्थापन विधेयक ल्याउन अहिलेको अध्यादेश स्वीकृत हुनुपर्छ ।

    संसदमा अध्यादेश पेस भएको ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याउनुपर्ने व्यवस्था छ । संसदमा बजेट अध्यादेश दर्ता भएको ६० दिन पुग्न अब एक हप्ता मात्रै बाँकी छ ।

    प्रकाशित मिति :भाद्र २५ २०७८ शुक्रवार - १३:५२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij