२०८२ मंसिर १३ गते शनिवार
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उक्त बैठकमा मुलुकको समसामयिक परिस्थितिलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको थियो।
गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव वेगेन्द्रराज शर्मालगायत उपस्थित रहेको उक्त बैठकमा सीमा सुरक्षा, एमसिसीलगायत समग्र सुरक्षासँग सम्बन्धित विषयका बारेमा समीक्षा भएको बताइएको छ।रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij