Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पोखरीमा डुबेर बेपत्ता भएका पुरुषकाे शव फेला

पोखरीमा डुबेर बेपत्ता भएका पुरुषकाे शव फेला


  • 5.1K
    Shares

    पोखरीमा डुबेर बेपत्ता भएका पुरुषकाे शव फेला

    महोत्तरी – महोत्तरीमा मलामीबाट फर्केर पोखरीमा नुहाउन पस्दा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

    महोत्तरी वडा–७ मा रहेको जनता माध्यमिक विद्यालय सुन्दरपुरको पोखरीमा डुबेर बेपत्ता भएका ५० वर्षीय उपेन्द्र बैठाकाे शव आज बिहान फेला परेकाे महाेत्तरी प्रहरीले जनाएकाे छ । 

    बैठा मलामीबाट फर्किएपछि हिजाे बेलुका नुहाउने क्रममा पोखरीमा बेपत्ता हुनुभएकाे थियाे । 

    हिजाे बेलुकादेखि नै स्थानीय र प्रहरीले उहाँकाे खोजी गरिरहेका थिए।  

    बैठाकाे शवलाई मुचुल्का गरी पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएकाे छ । 

    प्रकाशित मिति :भाद्र १८ २०७८ शुक्रवार - १३:१०:३७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij