Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु


  • 3.3K
    Shares

    मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

    ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

    जिल्लाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका–५ का रेवतबहादुर पुलामी मगरले चलाएको बा३६प ३५२२ नंको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी मानबहादुर मगरकी श्रीमती अन्दाजी ५१ वर्षीया कृष्णमाया घाइते भएकी थिइन् ।

    बुधबार दुर्घटनामा घाइते मगरको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए । 

    घटनापछि फरार रहेका मोटरसाइकल चालक र चलाएको मोटरसाइकललाई मानेभञ्ज्याङ प्रहरीले नियन्त्रण लिएको छ ।

    प्रकाशित मिति :भाद्र १८ २०७८ शुक्रवार - १०:१७:१० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij