२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नारायणीका सहायक नदीहरू विशेषगरी सेतीगण्डकी, मर्स्याङ्दीलगायतमा आज पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
कोसी र यसका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती, तिनाउ नदीमा पनि बहाव केही बढ्ने जनाइएको छ ।
कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तल रहने पूर्वानुमान छ ।
कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा बहाव सामान्य रहने तथा सतर्कता तहभन्दा तल रहने पूर्वानुमान छ ।
आज इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, खोटाङ, उदयपुर, पर्सा, बारा, रौतहट, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, नवलपुर, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij