२०८२ भाद्र ३ गते मंगलवार
चितवन । नारारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएको हो ।
चितवनको इच्छाकामना गाउँपालिकाअन्तर्गत पाँचकिलो, चारकिलो, कालीखोला र कुरिनटारनजिक घोप्टेभिरमा लेदोसहितको पहिरो खसेको छ ।
बिहान करिब ७ बजेतिर पहिरो खसे पनि वर्षाका कारण भर्खरै मात्र पहिरो पन्छाउन थालिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले धेरै ठाउँमा पहिरो खसेकोले सडक कहिले खुल्छ भन्ने विषयमा यकिन गर्न नसकिएको बताए । “कतै लेदोसहितको पहिरो, कतै ढुंगासहितको पहिरो खसेको छ,” थापाले भने, “तीनवटा लोडरले काम गरे पनि खुल्ने समय भने भन्न सकिँदैन ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij