२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् । थापाले यसअघि नै आसन्न महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरिसकेका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा गगन पुगेका छन् । यसअघि अनौपचारिक बैठकहरूमा कृष्ण सिटौला सहभागी हुन्थे । तर, आज भने छैनन् । अघिल्लो महाधिवेशनमा गगन सिटौला पक्षबाट महामन्त्री लडेका थिए ।
अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेका शशांक, अर्जुननरसिंह र गगन अब एकै ठाउँमा उभिएका हुन् ।
पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij