Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

निजामती कर्मचारीका यी भाग्यमानी जोडी : श्रीमान् सिडिओ, श्रीमती सहायक सिडिओ

निजामती कर्मचारीका यी भाग्यमानी जोडी : श्रीमान् सिडिओ, श्रीमती सहायक सिडिओ


  • 16.9K
    Shares

    निजामती कर्मचारीका यी भाग्यमानी जोडी : श्रीमान् सिडिओ, श्रीमती सहायक सिडिओ

    काठमाडौं । निजामति सेवामा अनेक दम्पत्ती रहेका छन्। तर कमैले मात्र समान जिम्मेवारी पाउँछन् । नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत एक उपसचिव जोडी भने प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक सिडिओको जिम्मेवारी पाएका छन्।

    यी भाग्यमानी निजामती कर्मचारीका जोडी हुन्– सिद्धराज जोशी र किरण जोशी।

    सिद्धराज दार्चुला जिल्लाका सिडिओ हुन् भने किरण डोटीकी सहायक सिडिओ हुन् । कैलालीको गोदावारी–६ निवासी यी दुवैको बिहे भने ०५४ सालमा भएको थियो। किरणले १४ माघ ०७७ मा खुला स्पर्धामा उपसचिवमा नाम निकालेकी थिइन्। त्यसअघि उनी निजामति सेवाको खरिदार पदमा थिइन्।

    १६ बर्षसम्म उनले खरिदार र सुब्बा पदमा काम गरेकी किरणको निजामति सेवा भने १ साउन ०६१ मा थालेकी थिइन्। किरणलाई गृह मन्त्रालयको गत २८ माघको निर्णय अनुसार डोटी जिल्लाको पदस्थापना गरेपछि उनी सूदुरपश्चिम जिल्लाकै सहायक सिडिओ बन्ने पहिलो महिला हुन्।

    यसअघि किरण रोल्पामा निर्वाचन अधिकारीको रुपमा कार्यरत थिईन् । किरणले पति सिद्धराजसँग मिलेर लोक सेवा तयारी सम्बन्धि खरिदार, उपसचिव र सह–सचिव स्तरको करिब ४० वटा लोक सेवा तयारी किताब लेखिसकेकी छन्।

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - १०:३४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij