Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ढल्केबर सब-स्टेशनबाट तामाको तार चोरेको आरोपमा २ जना पक्राउ

ढल्केबर सब-स्टेशनबाट तामाको तार चोरेको आरोपमा २ जना पक्राउ


  • 5.2K
    Shares

    ढल्केबर सब-स्टेशनबाट तामाको तार चोरेको आरोपमा २ जना पक्राउ

    धनुषास्थित विद्युत्त प्राधिकरणको ढल्केवर सव–स्टेशनबाट तामाको तार चोरेर किनबेच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास घर भएका मनिराज परियार उर्फ नथु र धनुषाको मिथिला नगरपालिका–६ घर भएका नन्दकिशोर ताम्राकार रहेका छन् ।

     विद्युत प्रसारण निर्देशनालय ढल्केबर सव–स्टेशन परिसरमा ४०० केभी नेपाल–भारत विद्युत् व्यापार आयोजनाको स्टोर गरेर राखिएको तामाको अर्थ कन्डक्टरको ड्रमबाट मनिराजले तार चोरेका थिए । ह्याक्सो ब्लेडले तार काटिरहेको अवस्थामा सुरक्षा गार्डले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

     चोरीको तार ‘एम के मेटल स्टोर’मा बेच्ने गरेको खुलेपछि इप्रका ढल्केबर धनुषाको प्रहरीले नन्दकिशोरलाई प्रहरीले पक्राउ गरेको हो । ‘एम के मेटल स्टोर’ बाट प्रहरीले ३ लाख मूल्य बराबरको चोरीको तार बरामद गरेको छ । आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    प्रकाशित मिति :भाद्र ६ २०७८ आइतवार - १३:१२:५६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij