२०८२ भाद्र २ गते सोमवार
स्थायी शिक्षकको विज्ञापन गरे पछि मात्र शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा संचालन गर्ने बताएको छ ।
यसअघि जारी भएका अनुमतिपत्रहरूमा भएका त्रुटि सच्याएर नयाँ ढंगबाट परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले तत्काल लाइसेन्स परीक्षा सञ्चालन गर्न नसकिने तर त्यसअघि नै स्थायी शिक्षकको विज्ञापन गरिने आयोगले स्पष्ट पारेको हो।
‘अहिले हामीले आयोगको कार्यतालिका निर्माण गर्दै छौँ। लाइसेन्स परीक्षा भन्दा अगाडि आयोगले स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरिरहेको छ,' आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले भने। कार्यतालिकापछि मात्र लाइसेन्स परीक्षा सञ्चालन गर्न सकिने उनको भनाइ छ।
आयोगको कार्यतालिका आएपछि त्यसकै आधारमा रोकिएका काम अगाडि बढ्ने उनको भनाइ छ। अहिले सत्तरी हजार बढी संग लाइसेन्स छ भने लाईसेन्सको तयारी गर्न खोज्नेको संख्या दुई लाख बढी छ। आयोगले झन्डै १५ हजार स्थायी शिक्षकको बिज्ञापन गर्दैछ।
लाइसेन्स नभएको लाखौ जनशक्तिले उक्त बिज्ञापनमा सामेल हुन् नपाउने भएपछि निराशा थपिएको छ। यस बिषयमा मुद्दा दायर गर्ने तयारी समेत भएको छ। लाईसेन्सको परिक्षा लिएर मात्र शिक्षकको बिज्ञापन गर्न चर्को माग भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij