Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

विभिन्‍न मुद्दाका फरार ५ अभियुक्त पक्राउ

विभिन्‍न मुद्दाका फरार ५ अभियुक्त पक्राउ


  • 3.4K
    Shares

    विभिन्‍न मुद्दाका फरार ५ अभियुक्त पक्राउ

    जनकपुरधाम - विभिन्न मुद्दाका फरार ५ जना अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालतबाट विभिन्न मुद्वामा कैद तथा जरिवानाको फैसला भई फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा चोरी मुद्दामा जिल्लाको सिरहा नगरपालिका १ वर्ष २३ का सन्तोकुमार कामती, लेनदेन मुद्दामा सिरहा १६  का ४० वर्षीय जनकिर मलंग, सिरहा २० का ५५ वर्षीय रामदेव साह रहेका छन् । त्यसैगरी बहुविवाह मुद्दामा लहान नगरपालिका-१३ का ३१ वर्षीय शंकर महतो र लागू औषत मुद्दामा सखुवानान्कारकट्टी गाउंपालिका ४ का २८ वर्षीय देवकुमार यादव पक्राउ परेको हो ।

    अदालतले कामतीलाई एक महिना कैद र ३० हजार जरिवाना, मलंगलाई ५ महिना कैद सजाय, साहलाई २ महिना कैद, महतोलाई ११ महिना १५ दिन कैद र १० हजार रुपैया नगद र यादवलाई ८ वर्ष कैद र ३ लाख १५ हजार रूपैया जरिवाना तोकेको थियो । पक्राउ परेकाहरूलाई आज जिल्ला अदालतमा आवश्यक कारबाहीका बुझाइने जिप्रका सिरहाले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र ६ २०७८ आइतवार - ११:१४:५० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij