Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना अपडेट : देशभर थप २०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

कोरोना अपडेट : देशभर थप २०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु


  • 7.9K
    Shares

    कोरोना अपडेट : देशभर थप २०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर २०७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ७५ जनाको कोरोना परीक्षण भएकोमा २०७५ जनामा संक्रमण देखिएको हो।

    यसमा पिसिआर परीक्षणबाट १४२५ र एन्टिजेन ६५१ परीक्षणबाट जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    २४ घण्टामा  पीसिआर परीक्षण ७ हजार ७०७ र एन्टिजेन ५ हजार ३७३ भएको छ ।

    सोही अवधिमा २३८२ जना संक्रमणमुक्त भएका छन्। ३० जनाको मृत्यु भएको छ।

    अहिले सक्रिय संक्रमित ३९ हजार ३२१ जना छन् ।

    अहिलेसम्म नेपालमा ७ लाख ४५ हजार ७३१ पीसीआरबाट र ७९ हजार ९९१ एन्टीजेनबाट गरी ८ लाख २३ हजार ६४७ जनामा संक्रमण पुष्टि भएको छ ।जसमध्ये ६ लाख ९५ हजार ९२५ जना निको भएका छन् भने १० हजार ४८५ जनाको मृत्यु भएको छ ।

    यसैबीच आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८९८ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र ५ २०७८ शनिवार - १७:१८:०९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij