Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी


  • 8.3K
    Shares

    भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

    भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ ।

     सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

     जवकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५७१ जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यसैगरी अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको सङ्ख्यामा पनि कमी आएको छ ।

     अघिल्लो दिन ५४० जनाको मृत्यु भएको थियो भने पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि १५१ दिन यताकै सवैभन्दा धेरै रहेको छ । अहिले भारतमा तीन लाख ६१ हजार ३४० जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

     यो पनि अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या तीन लाख ६३ हजार ६०५ रहेको थियो ।

     कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि भारतमा अहिलेसम्म तीन करोड १५ लाख ९७ हजार ९८२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ३६ हजार ३४७ जना सङ्क्रमणमुक्त भएका हुन ।

    प्रकाशित मिति :भाद्र ५ २०७८ शनिवार - १६:००:२१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij