Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

पाकिस्तानको कराचीस्थित सपिङ मलमा आगलागीः मृतकको संख्या २१ पुग्यो

पाकिस्तानको कराचीस्थित सपिङ मलमा आगलागीः मृतकको संख्या २१ पुग्यो


  • 645
    Shares

    पाकिस्तानको कराचीस्थित सपिङ मलमा आगलागीः मृतकको संख्या २१ पुग्यो

    काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको राजधानी कराचीस्थित एक सपिङ मलमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या २१ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन् । 

    राज्यद्वारा सञ्चालित रेस्क्यु ११२२ का प्रवक्ताकाअनुसार गुल प्लाजा भवनमा व्यापक खोज तथा उद्धार कार्य जारी छ । जुन आगलागीबाट नराम्ररी क्षतिग्रस्त भएको छ । संरचना अस्थिर रहेको र भवनको ठूलो हिस्सा भत्किएकाले हताहतीको संख्या बढ्नसक्ने आशंका गरिएको छ । एमए जिन्ना रोडमा अवस्थित १ हजार २ सय भन्दा बढी पसलहरू रहेको बहुतले सपिङ मल गुल प्लाजामा शनिवार राति आगलागी शुरु भएको थियो । 

    सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले प्लाजामा गएका ६५ भन्दा बढी मानिस अझै बेपत्ता रहेको जानकारी दिएका छन् । शाहले प्रत्येक मृतकका परिवारलाई प्रान्तीय सरकारले १ करोड पाकिस्तानी रुपैयाँ ९करिव ३६ सय अमेरिकी डलर० क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका छन् । आगलागीको कारण अनुसन्धान भइरहेको छ । यद्यपि प्रहरीले विद्युतीय सर्ट सर्किटबाट आगो लागेको हुनसक्ने आशंका गरेको छ ।

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १२:३०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij