Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अष्टलक्ष्मीको ‘यू–टर्न’

अष्टलक्ष्मीको ‘यू–टर्न’


  • 5.7K
    Shares

    अष्टलक्ष्मीको ‘यू–टर्न’

    बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद कोइरालाले शाक्यलाई बहुमतको आधारमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    एमालेभित्र माधव नेपाल पक्षका दरिलो नेता शाक्यले दल विभाजनको अन्तिम समयमा नेपालको साथ छोडेकी हुन् । त्यसपछि बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिए ।

    पौडेलको राजीनामापछि शाक्यलाई सर्वसम्मत दलको नेता चयन गरियो । बुधबारै पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिए । उनको राजीनामापछि  शाक्य मुख्यमन्त्री बनेकी छन् । याे समाचार आजको अन्नपूर्ण पाेस्टमा छ ।

    प्रकाशित मिति :भाद्र ३ २०७८ बिहिवार - ०७:५२:२० बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij