Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमाले फुट्यो

औपचारिक रुपमै फुट्यो एमाले, दल दर्ताका लागि माधव नेपालले आयोगमा दिए निवेदन

औपचारिक रुपमै फुट्यो एमाले, दल दर्ताका लागि माधव नेपालले आयोगमा दिए निवेदन


  • 8.4K
    Shares

    औपचारिक रुपमै फुट्यो एमाले, दल दर्ताका लागि माधव नेपालले आयोगमा दिए निवेदन

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएको छ। बुधबार एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै लामो समयसम्म विवादमा रूमल्लिएको एमाले औपचारिक रूपमा विभाजन भएको हो।

    राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको केही घन्टामै नेपाल समूहका नेताहरूले कान्तीपथस्थित निर्वाचन आयोगको कार्यालयमा गएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन्।

    ‘हामीले निवेदन दिएका छौं। अब आयोगले पार्टीको नाम र चुनाव चिन्हको अध्ययन गरेर हामीलाई स्वीकृति दिन्छ,’ सांसद मेटमणि चौधरीले भने।

    अर्का नेता जगन्नाथ खतिवडाका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) र  चुनाव चिन्ह खुला किताब राखिएको छ।

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १६:०३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij