Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

प्रहरी जवान पदको परीक्षामा सहभागी ६ नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवान पदको परीक्षामा सहभागी ६ नक्कली परीक्षार्थी पक्राउ


  • 5.6K
    Shares

    प्रहरी जवान पदको परीक्षामा सहभागी ६ नक्कली परीक्षार्थी पक्राउ
    images

    काठमाडौं । मोरङस्थित १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटाको साँगुरीगढी गाउँपालिका–८ बस्ने १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र धनकुटाकै सहिदभूमि गाउँपालिका–३ बस्ने २१ वर्षीय खपाङ राई रहेका छन् ।

    प्रारम्भिक अनुसन्धानको क्रममा सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराइदिन्छु भनी संगम राईबाट नगद एक लाख १८ हजार रुपैयाँ, सागर राईबाट एक लाख १८ हजार र सरोज राईबाट दुई लाख रुपैयाँ लिएको खुल्न आएकोले उक्त कार्यमा संलग्न ६ जनालाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरले पक्राउ गरेको हो ।

    उनीहरूविरुद्ध शिक्षा ऐन, २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०७८ बिहिवार - १३:३६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij