Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

प्रभु बैंकको कार्यवाहक सिइओमा लम्साल

प्रभु बैंकको कार्यवाहक सिइओमा लम्साल


  • 183
    Shares

    प्रभु बैंकको कार्यवाहक सिइओमा लम्साल
    images

    काठमाडौं । प्रभु बैंकले कार्यकारी नेतृत्वमा उत्पन्न परिस्थितिका बीच नयाँ कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकका सिइओसहित तीन कर्मचारीलाई अनुसन्धान प्रक्रियामा राखेपछि बैंकले वरिष्ठतम कर्मचारी निरज लम्साललाई कार्यवाहक सिइओ तोकेको हो ।

    बैंकले मंसिर १४ गते जारी गरेको सूचना अनुसार सञ्चालक समितिले लम्साललाई कार्यवाहक सिइओको जिम्मेवारी प्रदान गरेको छ । बैंकले लम्सालको नेतृत्वमा दैनिक कार्य सञ्चालन नियमित रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै देशभरका शाखाबाट उपलब्ध हुने सेवामा कुनै पनि बाधा नपर्ने स्पष्ट पारेको छ ।

    साथै, अनुसन्धान प्रक्रियाले बैंकको दैनिक कार्य, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकको हितमा कुनै नकारात्मक प्रभाव नपर्ने दाबी बैंकले गरेको छ । ग्राहक, निक्षेपकर्ता र शेयरधनीको निरन्तर सहयोग तथा विश्वास कायम रहने अपेक्षा पनि बैंकले व्यक्त गरेको छ ।

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - ०७:४९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij