Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

निर्वाचनका लागि १६८ वटा नयाँ मतदानस्थल थप, ९३ वटा खारेज

निर्वाचनका लागि १६८ वटा नयाँ मतदानस्थल थप, ९३ वटा खारेज


  • 778
    Shares

    निर्वाचनका लागि १६८ वटा नयाँ मतदानस्थल थप, ९३ वटा खारेज

    काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थलहरू पुनरावलोकन गरेको छ । आयोगले मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित गर्न मतदानस्थलहरुमा पुनरावलोकन गरेको जनाएको छ ।

    आयोगको आइतबार बसेको बैठकले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज समेत गरेको छ ।

    यसबाट साबिकमा कायम १० हजार ८९२ मतदानस्थलमा समग्रमा ७५ मतदानस्थल थप हुन गई देशभर १० हजार ९६७ मतदानस्थल कायम भएका छन् ।

     

     

    प्रकाशित मिति :मंसिर १४ २०८२ आइतवार - १७:४३:५७ बजे

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij