Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

निर्वाचनका लागि १६८ वटा नयाँ मतदानस्थल थप, ९३ वटा खारेज

निर्वाचनका लागि १६८ वटा नयाँ मतदानस्थल थप, ९३ वटा खारेज


  • 897
    Shares

    • images
    निर्वाचनका लागि १६८ वटा नयाँ मतदानस्थल थप, ९३ वटा खारेज

    काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थलहरू पुनरावलोकन गरेको छ । आयोगले मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित गर्न मतदानस्थलहरुमा पुनरावलोकन गरेको जनाएको छ ।

    आयोगको आइतबार बसेको बैठकले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज समेत गरेको छ ।

    यसबाट साबिकमा कायम १० हजार ८९२ मतदानस्थलमा समग्रमा ७५ मतदानस्थल थप हुन गई देशभर १० हजार ९६७ मतदानस्थल कायम भएका छन् ।

     

     

    प्रकाशित मिति :मंसिर १४ २०८२ आइतवार - १७:४३:५७ बजे

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij