Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि


  • 6.1K
    Shares

    काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०८ सहित उपत्यकामा १२७९ जनामा संक्रमण पुष्टि भएको हो । 

    संक्रमितमा काठमाडौंमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना रहेका छन् ।  बितेको २४ घण्टामा देशभर ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा  ११३२ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

    दुबै विधिबाट जम्मा १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा  मृत्यु ३५ जनाको मृत्यु भएको छ । 

     

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १६:४९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij