Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

बढ्यो कोरोना संक्रमण : ४१०७ संक्रमित थपिए, ३५ जनाको मृत्यु

बढ्यो कोरोना संक्रमण : ४१०७ संक्रमित थपिए, ३५ जनाको मृत्यु


  • 5.2K
    Shares

    बढ्यो कोरोना संक्रमण : ४१०७ संक्रमित थपिए, ३५ जनाको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ९७५ र र ४ हजार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो। 

    आज देशभर एक हजार ५३५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ। 

    देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ७१४ जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १६:४०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij