Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

राष्ट्रिय बीमा कम्पनीमा ६४ जना कर्मचारी माग, आवेदन दिने मिति कहिलेसम्म ?

राष्ट्रिय बीमा कम्पनीमा ६४ जना कर्मचारी माग, आवेदन दिने मिति कहिलेसम्म ?


  • 148.6K
    Shares

    राष्ट्रिय बीमा कम्पनीमा ६४ जना कर्मचारी माग, आवेदन दिने मिति कहिलेसम्म ?
    images

    काठमाण्डौं । राष्ट्रिय बीमा कम्पनीले कम्पनीले प्रधान कार्यालय तथा कम्पनीको शाखा तथा उप शाखाहरुका लागि रोजगारीको अवसर खुलाएको छ । कम्पनीले १ वर्ष करार अवधिका लागि रोजगारीको अवसर खुलाएको हो ।

    कम्पनीले बाह्य स्रोतबाट सुरक्षकर्मी तथा सवारी चालक, माली, इलेक्ट्रिोसियन/पलम्बर, सफाई कर्मचारी र कार्यालय सहयोगी आपूर्तिका लागि रोजगारीको अवसर खुलाएको हो ।

    कम्पनीले कार्यालय सहयोगी ३५ जना, सफाइ कर्मचारी २ जना, माली १ जना, सुरक्षकर्मी २० जना, सवारीचालक ५ जना र इलेक्ट्रिोसियन/पलम्बर १ जनागरी जम्मा ६४ जना कर्मचारीको गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको जनाएको छ ।

    उक्त पदका लागि इच्छुक, सक्षम तथा योग्यता पुगेका दक्ष नेपालीले ३ हजार रुपैयाँ दस्तुर तिरी बोलपत्र फारम भर्न सक्नेछन् । बोलपत्र फारम भदौ १८ गते दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिन्छ ।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १४:२९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij