२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।
केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहेका छन् ।
बाँकी सबैलाई केन्द्रीय कमिटी सदस्य तोकिएको सो पार्टीले सोमबार जनाएको छ ।
मंसिर ७ गते प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा भएको थियो । उक्त पार्टीको केन्द्रीय कमिटीमा संरक्षाक समेत रहेका पूर्वमन्त्री जनार्दन शर्माको पनि नाम छ ।







© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij