२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलामा २ लाख ५३ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३५ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३४ सय ९० रुपैयाँमा किनबेच भएको थियो। यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij