Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

किन जरुरी छ किशोरवयमा यौन शिक्षा ? यस्तो छ कारण

किन जरुरी छ किशोरवयमा यौन शिक्षा ? यस्तो छ कारण


  • 3.9K
    Shares

    किन जरुरी छ किशोरवयमा यौन शिक्षा ? यस्तो छ कारण
    images

    सामान्यत ८–९ बर्षपछि बालबालिका किशोर चरणमा प्रवेश गर्छन् । यो एक संवेदनशिल उमेर हो । यतिबेला उनीहरुको शारीरिक र भावनात्मक परिवर्तनहरु तिब्र रुपमा देखिन थाल्छ । मासिक स्राव हुने, स्तन बढ्ने, स्वर बद्लिने, रौं पलाउने आदि ।

    शारीरिक रुपमा उनीहरुमा परिपक्कता आउन थाल्छ । यसले उनीहरुको मानसिक र भावनात्मक स्थितीमा पनि प्रभाव पार्छ । उनीहरु यसबेला बढी चञ्चल हुने, बहकिने गर्छन् । आफ्नो मनलाई नियन्त्रण राख्न सक्दैनन् । ठूलठूला कुराको इच्छा राख्छन् ।

    यो यस्तो उमेर हो, जहाँबाट उनीहरुले आफ्नो लक्ष्य निर्धारण गर्न सक्छन् । वा भविष्यको बाटो तय गर्न सक्छन् । यतिबेला उनीहरुले सही मार्गदर्शन र संगत पाएमा सही बाटो हिँड्छन् । सही मार्गदर्शन पाएनन् भने गलत दिशातर्फ लाग्न सक्छ । त्यसैले यतिबेला अभिभावकले आफ्ना सन्तानमाथि ख्याल राख्नुपर्छ । तर, उनीहरुलाई धेरै निगरानी गर्नु वा नियन्त्रणमा राख्नु पनि उचित हुँदैन । घरमा यस्तो माहौल बनाउनुपर्छ कि, जहाँ उनीहरुले स्वतन्त्र महसुष गरोस् । 

    अलिहेका किशोरपुस्ता मोवाइल जस्ता उपकरणमा बढी नै अभ्यस्त छन् । यसमा उनीहरुको जुन किसिमको आशक्ति छ, त्यसले उनीहरुलाई सही बाटोमा डोहोर्याउने भन्दा पनि गलत दिशातर्फ मोड्ने जोखिम देखिन्छ । इन्टरनेटमा सजिलै उपलब्ध हुने सामाग्रीमध्ये कुन हेर्न योग्य वा कुन अयोग्य भनेर छुट्याउन उनीहरु असमर्थ हुन्छन् । यसले उनीहरुलाई खराब सामाग्रीतर्फ आकर्षित गर्न सक्छ ।

    त्यसो त अहिलेका किशोरपुस्ता मोवाइल गेममा लिप्त हुने गर्छन् । मोवाइल गेमले उनीहरुको मानसिक र शारीरिक विकासमा खासै टेवा पु¥याउँदैन । बरु, एकोहोरो र अल्छी बनाउँछ ।

    त्यसैगरी टिकटक, युट्युब आदिमा भेटिने भद्दा मनोरञ्जनबाट आनन्द लिन थाल्छन् । यसले उनीहरुको समय नष्ट मात्र गर्दैन, मानसिक समस्या पनि थपिदिन्छ ।

    यही चरणमा धेरैले फेसबुक, इन्टाग्राम आदिको एकाउन्ट बनाउँछन् । यसलाई कसरी प्रयोग गर्ने भन्ने आधारभूत ज्ञान हुँदैन । भर्चुअल साथीभाई बनाउने र उनीहरुसँगै गफमा मग्न हुने गर्छन् । कतिपयले यसै माध्यामबाट उनीहरुको गलत फाइदा पनि लिने गर्छन् ।

    बढाउँछन् दुरी

    यो उमेर चरणमा पुगेपछि उनीहरुले आमाबुवासँग दूरी बढाउन थाल्छन् । बाल्यकालमा आमाबुवा नै उनीहरुलाई सर्वोपरी लाग्छ । हरेक कुरामा आमाबुवाको सामिप्य र स्नेह खोज्छन् । आमाबुवाको साथमा रहँदा आफुलाई बढी सुरक्षित महसुष गर्छन् ।

    तर, उमेर बढ्दै जाँदा वा किशोर चरणमा प्रवेश गरेसँगै उनीहरु आमबुवाबाट अलग हुन थाल्छन् । आफ्ना साथीभाईसँग बढी नजिकिन्छन् । यसबेला उनीहरुले आफुलाई हुर्किसकेको अनुभूत गर्छन् र आमाबुवाको नियन्त्रण वा निगरानीमा बस्न रुचाउँदैनन् ।

    संवेदनशिल उमेर

    यो निकै संवेदनशिल उमेर हो । यसबेला उनीहरु भावनामा बढी बहकिन्छन् । के सही र के गलत भन्ने छुट्याउन असमर्थ हुन्छन् ।

    एकातिर उनीहरु पढाई र करियरको चाप महसुष गरिरहेका हुन्छन् भने अर्कोतिर शारीरिक परिवर्तनबाट पनि गुज्रिरहेका हुन्छन् । शरीरमा हुने यावत् परिवर्तनलाई कसरी आत्मसात गर्ने भनेर पनि उनीहरुले ठिम्याउन सकिरहेका हुँदैनन् । त्यसैले यो उमेरमा उनीहरुलाई अभिभावकको स्नेह, स्पर्श र मार्गदर्शनको बढी खाँचो हुन्छ ।

    यौन शिक्षा जरुरी

    यो उमेरमा पुगेपछि उनीहरुलाई शारीरिक परिवर्तनबारे अवगत गराउनुपर्छ । त्यो एक प्राकृतिक अवस्था हो भन्ने कुरा अनुभूत गराउनुपर्छ । जस्तो मासिक श्राव लगायतका सुरु हुँदा के गर्ने रु प्रजनन स्वास्थ्यका लागि के गर्ने आदि कुरा उनीहरुलाई बुझाउन पर्छ ।

    साथै उनीहरुलाई यो उमेरमा जथाभावी बहकिन नदिन, आलोकाँचो निर्णय लिन नदिन पनि आमाबुवाको परामर्श जरुरी हुन्छ । मोवाइलको सही प्रयोग कसरी गर्ने, सामाजिक सञ्जालको मार्यदा कसरी पालना गर्ने, आफ्नो गोपनियता कसरी राख्ने भन्ने कुरा पनि उनीहरुलाई सिकाउनुपर्छ ।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १३:३२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij