२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने दलको दर्ता खारेज गरिएको हो ।
पटक–पटक लेखापरीक्षण रिपोर्ट बुझाउन आग्रह गर्दा पनि अटेरी गरेपछि आयोगले राजनीतिक दल दर्ता ऐन २०७३ अनुसार दल दर्ता खारेज गरेको हो ।
आयोगका अनुसार उनीहरुमाथि गरिएको दल दर्ता खारेजीको निर्णय साउन २० गतेदेखि लागू हुनेछ । आज बसेको आयोगको बैठकले भोलिदेखि लागू हुने गरी दल दर्ता खारेजीको निर्णय गरेको हो ।
यसअघि १३६ दल दर्ता भएकोमा ४१ दलको खारेजीसँगै अब नेपालमा ९५ वटा मात्र राजनीतिक दलहरु क्रियाशिल रहेका छन् ।
यस्तै बैठकले खारेज भएका दलका पदाधिकारी तथा केन्द्रीय सदस्यको नामसहितको विवरण तयार पारी आयोगले प्रत्येक राजनीतिक दललाई तोकेको ५० हजार रुपैयाँ जरिवाना असुल उपर गर्न कुमारी चोक तथा केन्द्रीय तहशिल कार्यालय बबरमहलमा लेखिपठाउने निर्णय पनि गरिएको छ ।
यस्तै जरिवाना रकम असुल नभएसम्मको अवधिका लागि खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई आयोगमा दर्ता भएका अन्य दलमा पदाधिकारी बन्न नपाउने व्यवस्थाका लागि नयाँ दल दर्ता हुँदा र कायम रहेका दल अध्यावधिक गर्दाका बखत नाम ठेगाना भिडाई मात्र कानून बमोजिम अग्रिम कारबाही प्रक्रिया अघि बढाउने पनि निर्णय भएको आयोगले जनाएको छ ।
आयोगमा दर्ता भएका दलले आर्थिक वर्षको अन्त्यमा लेखापरीक्षण गराउनुपर्ने र ढिलोमा ६ महिनाभित्र निर्वाचन आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ ।
यी हुन् दर्ता खारेज भएका राजनीतिक दलहरू :



© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij