Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

राजधानीमा कोरोनाको तेस्रो लहर आउने सक्ने, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासन काठमाडौंको अपिल

राजधानीमा कोरोनाको तेस्रो लहर आउने सक्ने, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासन काठमाडौंको अपिल


  • 5.6K
    Shares

    राजधानीमा  कोरोनाको तेस्रो लहर आउने सक्ने, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासन काठमाडौंको अपिल
    images

    काठमाडौं । काठमाडौंमा कोरोनाभाइरसको तेस्रो लहर आउन सक्ने बताउँदै जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलन, धर्ना, जुलुस र गोष्ठी नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    प्रशासनले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड बिपरित भीडभाड हुने गतिविधि गरेको पाइए कानून बमोजिम कार्वाही गर्ने जनाएको छ ।

    पछिल्लो केही दिनयता जिल्लामा कोरोना संक्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा बिरामीको चाप बढेको भन्दै प्रशासनले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न सचेत गराएको छ ।

    प्रशासनले आजदेखि सार्वजनिक स्थानको अनुगमन गर्दै मास्क नलगाउने र सामाजिक दूरी पालना नगर्नेलाई कार्वाही अभियान थालेको छ । सहायक सीडीओको संयोजकत्वमा अनुगमन थालिएको हो ।

    जारी निषेधाज्ञा बुधबार मध्यरातमा सकिँदैछ । थप कडाइसहित निषेधाज्ञा लम्ब्याउने तयारीमा उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले तयारी गरिरहेका छन् ।

    229794053_1935926916580959_5868543247962700075_n.jpg

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १४:५२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij