Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता


  • 5.3K
    Shares

    प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता
    images

    काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डि बेरीबीच भेटवार्ता भएको छ। जंगी अड्डामा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो। 

    भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    भेटका क्रममा कोरोना भाइरस संक्रमणका कारण रोकिएका नेपाल र अमेरिकी सेनाबीचको विभिन्न तालिम तथा अभ्यासलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको बताइएको छ। भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ।

    press-sena_20210803082942.jpg

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १४:३४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij