Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


  • 6.1K
    Shares

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
    images

    काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक मंगलबार बस्दैछ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

    संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् । पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६र०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ । 

    दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ । हाल नेपाल काँग्रेसमा रहेका सिंह ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।

    1627960733-HCj18.jpg

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १२:३२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij