Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

जिल्ला न्यायाधीश बन्ने अवसर : १९ जनाका लागि विज्ञापन खुल्यो, परीक्षा असोज १२ देखि

जिल्ला न्यायाधीश बन्ने अवसर : १९ जनाका लागि विज्ञापन खुल्यो, परीक्षा असोज १२ देखि


  • 7.1K
    Shares

    जिल्ला न्यायाधीश बन्ने अवसर : १९ जनाका लागि विज्ञापन खुल्यो, परीक्षा असोज १२ देखि
    images

    काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगको परीक्षा महाशाखाले १८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो ।

    आन्तरिकतर्फ ९ र खुलातर्फ पाँचजना न्यायाधीशका लागि विज्ञापन प्रकाशित गरिएको छ । यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १/१ जनाका लागि विज्ञापन खुलाइएको छ।

    परीक्षा महाशाखाका अनुसार प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वितीय पत्रको परीक्षा असोज १४ गते र तृतीय पत्रको परीक्षा असोज १५ गते निर्धारण गरिएको छ।  । यस्तै चौथो पत्रको प्रथम खण्डको परीक्षा असोज १६ गते र दोस्रो खण्डको परीक्षा असोज १७ गते हुने छ । 

    परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ। विज्ञापनसम्बन्धी थप जानकारीका लागि आयोगको वेवसाइट http://www.jes.gov.np मा हेर्न सकिनेछ। 

    jilla-nyayadhis_20210803062504.jpg

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १२:२८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij