Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोप दोस्रो मात्रा साउन २२ गतेदेखि दिइने, यी हुन् खोप केन्द्र

काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोप दोस्रो मात्रा साउन २२ गतेदेखि दिइने, यी हुन् खोप केन्द्र


  • 4.9K
    Shares

    काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोप दोस्रो मात्रा साउन २२ गतेदेखि दिइने, यी हुन् खोप केन्द्र
    images

    काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले  साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् ।

    स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ ।

    जसअनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो मात्रा पाउने छन् । अब दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र पुग्नुपर्ने प्रमुख खड्काले जानकारी दिए ।

    यसअघि साउन १४ देखि १८ गते सम्म गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जना व्यक्तिले भेरोसेलको पहिलो मात्रा लगाइसकेका जनस्वास्थ्य कार्यालय जनाएको छ । 

    जुन कार्यक्रमअनुसार आजपनि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठका केही स्थानमा भने खोप कार्यक्रम संचालन हुनेछ । 

    यस्तै अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसूति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम संचालनजारी रहेको छ भने विदेशमा जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ । 


    khopkendra_20210803123159.png

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १२:१२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij