Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कक्षा १२ को परीक्षा स्थगित गर्ने कुनै निर्णय भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा स्थगित गर्ने कुनै निर्णय भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड


  • 6.2K
    Shares

    कक्षा १२ को परीक्षा स्थगित गर्ने कुनै निर्णय भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । स्वस्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले संक्रमण बढ्दै गए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव लाने अभिव्यत्ति दिए सँगै स्थगित हुने हल्ला चलेको थियो ।

    राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित भएको भन्नेबारे भ्रममा नपर्न सबैलाई आग्रह गर्दे परीक्षाको सम्पुर्ण तयारी पूरा भएको र पूर्व निर्धारीत समयमा नै परीक्षा हुने जानएको छ । राज्यमन्त्री श्रेष्ठको भनाइबारे बोर्डलाई कुनै जानकारी नभएको साथै यस विषयमा स्वास्थ्य मन्त्रालयले कुनै छलफल नगरेको र हालसम्म बोर्ड परीक्षा गराउने तयारीमै रहेको बोर्ड स्रोतले जनाएको छ ।

    त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले यो हप्ता कोरोना संक्रमणको अवस्था र परिस्थितिबारे हेर्ने बताएको छ । तर परीक्षा आउन अझै केहि दिन बाँकी रहेकाले यसबारे हालसम्म कुनै निर्णय नभएको भन्दै परीक्षाको तयारी गर्न सबैलाई आग्रह गरेको छ । होम सेन्टरबाटै साउन ३१ देखि भदौ ९ गते सम्म परीक्षा सञ्चालन हुँदै छ ।

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - ०६:३८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij