२०८२ भाद्र २ गते सोमवार
निजामति कर्मचारी सरह सेवा सुबिधा र हैसियत हुने पर्ने माग दाबी सहित सर्बोच्चमा मुद्दा दायर गरेका रत्न मा.वि. तनहुका प्रधानाध्यापक रमेशबाबु भट्टराईले सरकारले देउवा सरकारलाई अल्टिमेटम दिएका छन्।
भदौ ४ गतेसम्म पनि शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति नगरे आमरण अनसन बस्ने चेतावनी दिएका भट्टराईले यस बिषयमा शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई समेत जानकारी गराई सकेका छन्।
पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडलाई शिक्षक सेवा आयोगका पदाधिकारीको नियुक्ति तत्काल गर्न, परीचयपत्रको व्यावस्था गर्न र शिक्षकको मर्यादाक्रम निर्धारण गर्न शिक्षकहरुले आग्रह गरे पनि त्यो आग्रह राज्यले सुनेकै छैन।
प्रधानमन्त्री तथा गृहमन्त्रीले शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति तुरुन्त गरीने भने पनि अहिले सम्म पदाधिकारी नियुक्ति नभएपछि भट्टराईले भदौ ४ गतेसम्म पनि शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति नगरे भदौ ५ गते देखि आमरण अनसन बस्ने अल्टिमेटम दिएका हुन्। तर देउवा सरकारले आगामी बिहिबारको क्याबिनेट बाट आयोगमा नियुक्ति गर्दैछ।
शिक्षक सेवा आयोगका पदाधिकारी नहुँदा अध्ययन अनुमतिपत्र, शिक्षक विज्ञापन, शिक्षकको बढुवा लगायत नीतिगत निर्णय गर्नुपर्ने काम रोकिएको छ भने प्रशासनिक माध्यमबाट हुने कामहरु मात्रै भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij