Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट, आज देखि बाँडफाँटमा नपरेको रकम फिर्ता भुक्तानी

समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट, आज देखि बाँडफाँटमा नपरेको रकम फिर्ता भुक्तानी


  • 6.2K
    Shares

    समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट,  आज देखि बाँडफाँटमा नपरेको रकम फिर्ता भुक्तानी
    images

    काठमाडौं । समृद्धि फाइनान्सले लिलामीमा बिक्री गरेको संस्थापक सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर असार २९ गतेदेखि साउन ५ गतेसम्म लिलामी गरेको थियो ।

    यसमा न्यूनतम १०२ रुपैयाँ देखि १०५ रुपैयाँ ५ पैसा सम्म लगानी गर्ने बोलपत्रदाताहरुलाई मागबमोजिम नै बाँडफाँड गरिएको छ । 
     
    यस्तै, १०१ रुपैयाँ सम्म लगानी गर्ने ११ जना बोलपत्रदाताहरुलाई समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

    यता कम्पनीले आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा आज आइतबार (साउन १७ गते) देखि फिर्ता पाउने बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ । आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक खातामै रकम फिर्ता पाउनेछन् ।
     

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - ११:५१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij