Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट, आज देखि बाँडफाँटमा नपरेको रकम फिर्ता भुक्तानी

समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट, आज देखि बाँडफाँटमा नपरेको रकम फिर्ता भुक्तानी


  • 6.3K
    Shares

    • images
    समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट,  आज देखि बाँडफाँटमा नपरेको रकम फिर्ता भुक्तानी

    काठमाडौं । समृद्धि फाइनान्सले लिलामीमा बिक्री गरेको संस्थापक सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर असार २९ गतेदेखि साउन ५ गतेसम्म लिलामी गरेको थियो ।

    यसमा न्यूनतम १०२ रुपैयाँ देखि १०५ रुपैयाँ ५ पैसा सम्म लगानी गर्ने बोलपत्रदाताहरुलाई मागबमोजिम नै बाँडफाँड गरिएको छ । 
     
    यस्तै, १०१ रुपैयाँ सम्म लगानी गर्ने ११ जना बोलपत्रदाताहरुलाई समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

    यता कम्पनीले आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा आज आइतबार (साउन १७ गते) देखि फिर्ता पाउने बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ । आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक खातामै रकम फिर्ता पाउनेछन् ।
     

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - ११:५१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij