Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षकले कुर्लिदै भने- माग पूरा नभए प्रधानमन्त्री निवास घेराउ गर्छौं

शिक्षकले कुर्लिदै भने- माग पूरा नभए प्रधानमन्त्री निवास घेराउ गर्छौं


  • 22.6K
    Shares

    शिक्षकले कुर्लिदै भने- माग पूरा नभए प्रधानमन्त्री निवास घेराउ गर्छौं

    ३४ बुँदे माग राख्दै गत वैशाख २० गतेबाट आन्दोलनमा उत्रिएका शिक्षकहरुले आफ्ना माग सम्बोधन नभएको भन्दै प्रधानमन्त्री निवास घेर्ने चेतावनी दिएका छन्। नेपाल शिक्षक महासंघमा आबद्ध शिक्षक काठमाडौंको माइतीघर मण्डलामा अनसन सुरु गर्दै यस्तो चेतावनी दिएका हुन्। 

    शिक्षक महासंघका प्रतिनिधिहरुले बिहान ८ बजेबाटदेखि पालिका, शिक्षा विकास तथा समन्वय इकाई र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयको प्रवेशद्वारमा अनसन सुरु गरेका हुन्। केन्द्रमा भने बिहान ८ बजेदेखी बेलुका ४ बजेसम्म २० जना शिक्षक र कर्मचारी माइतीघर मण्डलामा अनसनमा बसेका हुन्। 

    शिक्षक महासंघ महासचिव लक्ष्मीकिशोर सुवेदीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि शिक्षकको माग सम्बोधन नभएको भन्दै अनसन बस्नुपरेको र यसपछि पनि माग सम्बोधन नभए प्रधानमन्त्री निवास घेराउ गर्ने बताए। 

    ‘सरकारले शिक्षकको माग सम्बोधन गर्न आनाकानी गरिरहेको छ। हामी आन्दोलनका कार्यक्रम जारी राख्दै साउन २२ गते शुक्रबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा र साउन २९ गते बालुवाटारस्थित प्रधानमन्त्री निवासमा धर्ना दिन्छौँ,’ उनले भने। 

    संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, सबै शिक्षकलाईं कोभिड विरुद्धको खोप तत्कालै लगाइनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, आन्तरिक परीक्षाबाट बहिर्गमनमा परेका अस्थायी शिक्षकलाई तत्काल गोल्डेन हेन्डसेक दिनुपर्ने, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्नेलगायतका माग महासंघका छन्। महासंघले भदौ ११ गतेसम्मका लागि हरेक शुक्रबार आन्दोलनका कार्यक्रम तालिका यसअघि नै घोषणा गरिसकेको छ।

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १५:००:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij