२०८२ माघ ७ गते बुधवार
शिक्षा बिज्ञान तथा प्रविधी मन्त्रालयमा दुई सचिव छन्। शिक्षा तर्फ रामप्रसाद थपलिया छन् भने बिज्ञान तथा प्रबिधी तर्फ सुरेश आचार्य छन्। नुवाकोटका थपलिया पछिल्ला दिनमा प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी संग नजिकिएका छन्। नजिकिनुको कारण थपलियाले आफ्ना सालालाई शिक्षक सेवा आयोगको सदस्य बनाउनु हो। यता देउवा पत्नी आरजु आफ्ना निकटका एक पूर्व सचिवलाई आयोगको अध्यक्ष बनाउने ध्याउन्न्नमा छिन। यी दुबैको स्वार्थ मिलेपछि आजै भोली नै नियुक्त हुने भनेको शिक्षक सेवा आयोगले पदाधिकारी पाउनै सकेको छैन।
अध्यक्ष पद खाली भएको १ वर्ष (२०७७ असोजदेखि) हुन लाग्यो । २ जना सदस्यमध्ये १ सदस्य पद खाली भएको २ वर्ष (२०७५ मंसिरदेखि) नाघ्यो र अर्को सदस्य पद खाली भएको १ वर्ष (२०७७ असारदेखि) भयो ।
बढुवा, लाइसेन्स, शिक्षक विज्ञापन सबै काम ठप्प छन् । आयोगका ४० जना कर्मचारी कामविहिन बनेका छन् ।
दैनिक कैयौं शिक्षक अवकाश हुन्छन् । ती खाली ठाउँमा नाम मात्रको परीक्षा लिएर नेता, समितिका आफ्ना मान्छे करार शिक्षकमा नियुक्त गरिन्छन् । जुन ठाउँमा विज्ञापनबाट योग्य मानिस नियुक्त हुनुपर्ने हो ।
राज्यले शिक्षालाई कति प्राथमिकतामा राखेको छ प्रष्टै हुन्छ ।
"माइकालाल" उपनाम पाएका अघिल्ला शिक्षामन्त्रीले आफ्नो कार्यकालभरी शिक्षक सेवा आयोगलाई बन्धक बनाए । नयाँ सरकारको पनि चाला आशालाग्दो देखिएको छैन । अब नयाँ अनुहार नियुक्त हुने गरि काम अगाडी बढेको शिक्षा मन्त्रालय निकट श्रोतले बताएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij