२०८२ भाद्र २ गते सोमवार
हिजोको क्याबिनेटले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्ने समाचार सार्बजनिक भएको थियो। तर क्याबिनेटले उक्त निर्णय नगरेपछि शिक्षकहरुमा थप निराशा छाएको छ। दश महिना यता देखि ठप्प भएको आयोगले कुनै काम गर्न नसक्दा शिक्षक मर्कामा परेका छन्।
आज शिक्षकहरुले देउवा सरकारका गृह मन्त्री बाल कृष्ण खाँड र कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एसएमएस पठाएर बिरोध जनाएका छन्। सरकारले आगामी बिहिबार बस्ने बैठकमा शिक्षक सेवा आयोगमा नियुक्ति गर्ने तयारी गरेको शिक्षा मन्त्रालयको उच्च श्रोतले जानकारी दिएको छ।
यता ,नेपाल शिक्षक महासङ्घले आफ्ना ३४ सुत्रिय माग पूरा गराउनका लागि सरकारलाई दबाब दिन रिले अनसन बस्ने भएको छ । आफ्ना माग प्रति सरकारले सुनुवाई नगरे पछि दबाबका लागि रिले अनसन बस्ने भएको हो ।
कोभिड-१९ महामारीको विचमा पनि बैशाख २० गते देखि सामाजिक सञ्जाल मार्फत विभिन्न चरण बद्ध आन्दोलन गर्दे आएको महासङ्ले चौथो चरणको आन्दोलन अन्र्तगत साउन १५ गते पनि रिले अनसन बस्ने जनाएको छ ।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदिले शिक्षकका महत्वपुर्ण ३४ सुत्रिय माग लिएर आन्दोलनमा गएको र यसलाई निर्णायक अवस्थामा पुर्याएर मात्रै आन्दोलन बाट फिर्ता हुने बताउनु भयो । सबै शिक्षक, कर्मचारीहरुलाई आन्दोलनमा सहभागि हुन समेत आग्रह गर्नु भएको छ ।
साउन १५ गते हरेक पालिकाको कार्यालयमा कम्तीमा एक महिलासहित ३ जना , जिल्लाको शिक्षा समन्वय एकाइमा कम्तीमा २ महिलासहित ५ जना, प्रदेशको सामाजिक विकास मन्त्रालयमा कम्तीमा ३ महिला शिक्षकसहित १० जना र काठमाडौंको माइतीघर मण्डलामा कम्तीमा ५ महिलासहित २० जना शिक्षक कर्मचारी रिले अनसनमा बस्नेछन् । अनसनको बिहान ८ बजे बाट सुरु भएर दिउसो ४ बजे सकिने महासंघले जनाएको छ ।
मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रिय माग राख्दै महासंघले चरण बद्ध आन्दोलन गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij